Connect with us
Advertisement

यस्तो छ राष्ट्रपतिको सेवा र सुविधा

Published

on

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल

विराटचोकः राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै वार्षिक रुपमा राष्ट्रपतिले पोशाक सुविधा बापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । पदबाट निवृत्त हुँदा समेत एक महिनाको तलब बराबरको रकम थप सुविधा दिइन्छ ।

त्यसैगरी, राष्ट्रपतिले स्वदेश वा विदेशको भ्रमण गर्दा समेत सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ११ को उपदफा २ र दफा १२ अनुसार स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार ३ सय र विदेशमा भ्रमण गर्दा २ सय ५० अमेरिकी डलरका दरले भत्ता दिइन्छ । २५ लाख रुपैयाँको बीमाको समेत सुविधा रहेको छ ।

राष्ट्रपतिको आवास, सवारी साधन, आवसको टेलिफोन कम्प्युटर, इन्टरनेट, पत्रपत्रिका जस्ता सञ्चार सुविधा समेत सरकारले नै व्यवस्था गर्छ ।

एक जना निजी चिकित्सकको व्यवस्था गर्नुका साथै अस्पताल भर्ना भई उपचार गराउँदा वा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिशमा विदेश गई उपचार गराउँदा लागेको उपचार खर्च पनि सरकारले बेहोर्छ ।

राष्ट्रिपति र उपराष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन क्रमशः बढीमा सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्नेछन । त्यसैगरी राष्ट्रपतिको निजी सचिवालयमा १९ जना कर्मचारी रहन सक्ने व्यवस्था गरिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ

Published

on

Tata को ठगी धन्दा : नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरिदिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए । महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । यससँगै काठमाडौं महानगरले सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ । 😮

Continue Reading

Banner

आज – ०१ जेठ २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक